दफा ६३
बीमा मध्यस्थकर्ताको परीक्षा
(१) बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता वा बीमा दलालको इजाजतपत्र दिने प्रयोजनको .लागि प्राधिकरण आफैंले वा कुनै संस्थामार्फत परीक्षा सञ्चालन गर्ने वा गराउनेछ।

(२) बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता वा बीमा दलालको इजाजतपत्र लिन इच्छुक व्यक्ति वा संस्थाको सञ्चालक वा मुख्य व्यवस्थापकले प्राधिकरण वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाले सञ्चालन गरेको उपनियम (१) बमोजिमको सम्बन्धित विषयको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।